प्रचण्डले भने- ‘अविलम्ब अफगानिस्तानमा रहेका नेपालीको उद्धार होस्’

लोकपथ
221
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

दक्षिण एसियाली मुलुक अफगानिस्तानमा विकिसत राजनीतिक घटनाक्रमप्रति आफू र आफ्नो पार्टी गम्भीर रहेको बताउँदै प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

एक विज्ञप्ति जारी गर्दै प्रचण्डले वर्तमान समयमा अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार र सुरक्षा गर्न माग गरेका हुन् । साथै आफू र आफ्नो पार्टीको तर्फबाट नेपाली नागरिकहरुको उद्धारका लागि गम्भीर पहल गर्ने समेत बताए ।

‘हाल दक्षिण एसियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यस आपातकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्धार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् । यसका लागि मेरो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने पनि जानकारी गराउँदछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?