तपाईंको आफन्त वा तपाईं स्वयं अफगानिस्तान हुनुहुन्छ ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

लोकपथ
294
Shares

काठमाडौं । द्न्दग्रस्त मुलुक अफगानिस्तानबाट सरकारले त्यहाँ रहेका नेपालीहरुको उद्धार गर्ने भएको छ ।

तालिबानी लडाकुहरुले राजधानी शहर काबुल कब्जा गरेपछि सरकारले त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउने प्रबन्ध मिलाउन लागेको हो ।

सरकारले त्यहाँ रहेका नेपालीहरुको आधिकारिक विवरण संकलन अभियान थालेको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागले अफगानिस्तानमा रहेका नेपाली स्वयं, परिवार वा अन्यले समेत अनलाइन रजिस्ट्रेसनका लागि  ९७४९३२६४५९ र ९७४९३२६४५८ मा सम्पर्क वा भाइवर र ह्वासेप मा सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?