पोखरामा राष्ट्रिय टोलीको प्रशिक्षण (फोटो फिचर)

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण अहिले पोखरा रंगशालामा भइरहेको छ।

‘साफ च्याम्पियनसिप’ तथा ‘एएफसी एसियन कप’ पहिलो चरणको क्वालिफायर खेलहरुलाई मध्यनजर गर्दै नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षण जुलाईको पहिलो सातादेखि काठमाडौंको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा हुँदै आएको थियो। तर साफ च्याम्पियनसिप तोकिएको समयभन्दा पछाडि धकेलिएको कारणले राष्ट्रिय टोलीलाई १० दिनको आराम दिइएको थियो।

सोहीअनुसार दोस्रो चरणको बन्द प्रशिक्षण पोखरामा गत बुधबारदेखि सुरू भएको हो । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले डाकेका ५० जनाको प्रारम्भिक टोलीबाट १४ खेलाडी यसअघि नै बाहिरिएका थिए। बाहिरिएका १४ खेलाडीमध्येका शिशिर लेखी, सेसेहङ आङदेम्बे र गोलरक्षक विशाल सुनार भने पुनः टोलीमा फिर्ता बोलाइएका छन्। उनीहरूले पोखरामा एरिक विष्ट र प्रकाश बुढाथोकीलाई प्रतिस्थापन गर्नेछन्।

त्यस्तै प्रारम्भिक टोलीमा नदेखिएका नेपालका अनुभवी खेलाडी विक्रम लामा र रोहित चन्दले पनि पोखरामा प्रशिक्षण गर्नेछन्। रोहित इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका कारणले सुरुवाती बन्द प्रशिक्षणमा देखिएका थिएनन्। त्यस्तै लामो इन्जुरीपछि पुनरागमन गर्ने तयारीमा रहेका विक्रम लामाले बन्द प्रशिक्षणमा शानदार प्रदर्शनी गरेपछि उनलाई पनि टोलीमा समावेश गरिएको हो।

पोखरामा प्रशिक्षण गरिरहेको राष्ट्रिय टोलीको केही तस्बिर:

May be an image of 3 people, people playing sport, people standing and grass

May be an image of 1 person, playing a sport, standing and grass

May be an image of 6 people, people standing and outdoors

May be an image of 9 people, people standing and grass

May be an image of 7 people, people standing and grass

May be an image of 6 people and people standing

May be an image of 8 people, people playing sport, people standing and outdoors

May be an image of 2 people, people playing sport, people standing and grass

May be an image of 3 people, people playing sport, people standing and grass

May be an image of 2 people, people playing American football, people standing and outdoors

(तस्बिर: एन्फा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?