साबिक विजेता मछिन्द्रले फुटबल एकेडेमी सञ्चालन गर्ने

काठमाडौं। नेपालको शीर्ष श्रेणीको लिग, सहिद स्मारक ए-डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ।

आइतवार मछिन्द्र क्लबले पिस पोइन्ट बोर्डिङ स्कुलसँग औपचारिक रूपमा सम्झौता गर्दै युथ एकेडेमी सञ्चालन गर्ने पक्का भएको छ। क्लब र विद्यालयबीच ६ वर्षको सम्झौतामा हस्ताक्षर गरिएको हो।

May be an image of 3 people and people standing

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालयमा आइतवार एक कार्यक्रम आयोजना गरिँदै क्लब, विद्यालय र एन्फाबीच त्रिपक्षीय सम्झौता भएको हो। कार्यक्रममा मचिन्द्रका अध्यक्ष सुनिल कपाली र पिस पोइन्टका प्रिन्सिपल इशु गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार पहिलो वर्ष १४ खेलाडीले क्लबसँग अभ्यास गर्नेछन् भने ती युवा खेलाडीलाई छात्रवृत्ति भने स्कुलहरुले प्रदान गर्नेछ। त्यस्तै दोस्रो वर्ष खेलाडी संख्या १४ बाट बढाएर २१ बनाइनेछ।

मछिन्द्रअघि एमएमसी, सातदोबाटो युथ क्लब, न्यूरोड टिम (एनआरटी) र संकटा क्लबले पनि एकेडेमी सञ्चालन गर्ने निश्चित भइसकेको छ। त्यस्तै नेपालका तीन विभागीय टोली, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)ले पनि युथ एकेडेमी सञ्चालन गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?