ईपीएल खेल्ने खेलाडीको तलब वृद्धि

काठमाडौं। बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण खेल्ने नेपाली खेलाडीको तलब वृद्धि गरिएको छ।

जारी कोरोना माहामारीको कारण खेलाडीले कठिनाई व्यहोरेको कुरालाई ध्यानमा राख्दै सबै नेपाली खेलाडीको तलब वृद्धि गरिएको छ। प्रतियोगितामा सहभागी टोलीले आइतवार औपचारिक प्रेस विज्ञप्ति निकाल्दै सम्पूर्ण नेपाली खेलाडीको तलबमा २० प्रतिशतले वृद्धि गरिएको जानकारी गराएका छन्।

ईपीएलका प्रबंध निर्देशक आमिर अख्तर तथा नेपाल क्रिकेट एसोसिएसन (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले सबै टिमको यो निर्णयको प्रशंसा गरेका छन्। बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको चौथो संस्करण आगामी सेप्टेम्बर २५ तारीख देखि काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु हुनेछ।

सो १४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरु रहेका छन्। चौथो संस्करणको ईपीएलमा साविक विजेता ललितपुर प्याट्रियट्ससँगै काठमाडौं किङ्स ११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्लेडिएटर्स र विराटनगर वारियर्स उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?