मिनीट्रकको ठक्करबाट मोरङमा साइकलयात्रीको मृत्यु

मोरङ, २३ चैत । बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा आज बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ३०७२ नं को मिनीट्रकले साइकलमा सवार सुनसरी दुहबी–६ बस्ने ३५ वर्षीय सत्यनारायण ऋषिदेवलाई ठक्कर दिँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।मृतकको शव परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । ठक्कर दिने ट्रक चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?