बार्सिलोनाको सुखद सुरुवात, मेस्सी बिना पनि शानदार जित

काठमाडौं। स्पेनिश ला-लिगाको सन् २०२१/२२ सिजनअन्तर्गत आफ्नो पहिलो खेलमा बार्सिलोनाले रियल सोसीड्याडलाई ४-२ गोल अन्तरले पराजित गरेको छ।

बार्साको घरेलु मैदान क्याम्प नाउमा आइतवार मेस्सी बिनाको बार्सिलोनाको नयाँ युगको सुरुवाती खेलमा घरेलु टोलीले शानदार प्रदर्शन देखायो। पहिलो हाफको १९औं मिनेटमा आफ्नो नयाँ खेलाडी मेम्फिस डिपाएको फ्रिकिकमा भेट्रान डिफेन्डर जेरार्ड पिकेले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए।

FC Barcelona 4-2 Real Sociedad: Camp Nou celebrates a winning start

अधिकांश समय बल आफ्नो कब्जामा राखेको बार्साले पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल थप्यो। मिडफिल्डर फ्रान्की डे यङको पासमा डेनमार्कका स्ट्राइकर मार्टिन ब्रेथवेटले गोल गर्दा पहिलो हाफमा बार्साले २-० गोलको अग्रता लिएको थियो।

दोस्रो हाफको ५९औं मिनेटमा घरेलु टोलीले अग्रता तेब्बर बनायो। ब्रेथवेटले खेलमा व्यक्तिगत दोस्रो तथा बार्साको तेस्रो गोल गरेका थिए। खेल अन्त्य हुन १० मिनेट बाँकी रहँदा रियल सोसिड्याड खेलमा फर्कियो। खेलको ८२औं मिनेटमा जुलेन लोबेटेले गोल गर्दा पाहुना टोली खेलमा फर्किएको थियो।

Barcelona 4-2 Real Sociedad: Braithwaite stars as Barca begin post-Messi  era with big win - Eurosport

त्यसको ३ मिनेटपछि सोसिड्याडले दोस्रो गोल गर्यो। यस पटक स्पेनिश स्टार खेलाडी मिकेल ओयरजाबालले गोल गर्दा पाहुना टोलीले बार्सालाई टक्कर दिएको थियो। तर खेलको इन्जुरी समयमा बार्साले चौथो गोल गर्न सफल भयो।

ब्रेथवेटको पासमा सर्जी रोबर्टोले गोल गर्दै बार्सालाई ४-२ गोलको जित दिलाउन सफल भए। मेस्सी पीएसजी गएसँगै निकै दबाबमा परेको बार्सिलोनाले नयाँ सिजनको सुरुवात भने सन्तोषजनक गरेको छ।

Barcelona 4-2 Real Sociedad highlights and key takeaways - Truth Daily

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?