अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन तरुण दलको माग

लोकपथ
84
Shares

काठमाडौं । द्वन्दरत मुलुक अफगानिस्तानबाट नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउन नेपाल तरुण दलले सरकारसँग माग गरेको छ ।

आइतवार नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले एक प्रेस विज्ञप्ति निकाली अफगानिस्तानमा विपत्तिमा परेका नागरिकहरुलाई सरकार आफैले स्वदेश ल्याउन आवश्यक व्यवस्था गर्न तथा उनीहरुको जीवन रक्षा गर्नको निम्ति संवेदनशील हुन सरकारसँग माग गरेका हुन् ।

अफगानिस्तानमा रहेका नागरिकको जीवन रक्षाको सुनिश्चितताको लागि नेपाल सरकारले तत्काल विशेष पहल गर्न तरुण दलले सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?