हेटौंडा । बागमती प्रदेशसभा बैठक भदौ १ गते बस्ने भएको छ ।
सोमबार दिउँसो ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र भदौ १ गते मंगलबार दिनको २ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
चालु वर्षमा प्रदेश सभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेश सभा नियमावली संशोधन दर्ता भएको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।
यसैगरी उच्च शिक्षा सम्बन्धी विधेयक र पर्यटन सम्बन्धी विधेयक यसअघि प्रदेश सभामा दर्ता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया