जर्मनी तथा बायर्न म्युनिखका लेजेण्ड जर्ड मुलरको निधन

काठमाडौं। जर्मनीका लेजेण्ड तथा बायर्न म्युनिखका सर्वाधिक गोलकर्ता जर्ड मुलरको ७५ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि अल्जाइमर्स रोगका कारण बिरामी रहेका मुलरको आज आइतवार निधन भएको जानकारी उनको पूर्व क्लब बायर्न म्युनिखले गराएको छ। बायर्नका लागि ६०७ खेलमा कीर्तिमानी ५६६ गोल गरेका मुलरले घरेलु लिगमा ३६५ गोल गरेका थिए।

जर्मनी राष्ट्रिय फुटबल टोलीसँग सन् १९७४ मा फिफा विश्वकप तथा सन् १९७६ मा युरो कप उपाधि जितेका मुलरले राष्ट्रिय टोलीका लागि ६२ खेलमा ६८ गोल समेत गरेका थिए। ‘बलोन डि ओर विजेता’ मुलरले बायर्नसँग चार बुन्डेस लिगा तथा तीन युरोपियन कपको उपाधि पनि जितेका छन्।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?