छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा बुवा पक्राउ

लोकपथ
826
Shares

तनहुँ । तनहुँमा २० वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन् ।

छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका–६ टुहुरे पसल बस्ने ६२ वर्षीय पुरुषलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

ती पुरुषले आफ्नै छोरीलाई ४/५ महिनादेखि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रावतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?