मोटरहेड मोटरसाइकलको सोरुम धादिङ र मन्थलीमा

लोकपथ
1.5k
Shares

काठमाडौं । मोटरहेड मोटरसाइकलको नयाँ सोरुम बागमती प्रदेशका दुई जिल्ला धादिङ र रामेछाप (मन्थली) मा खुलेको छ ।

मोटरहेडको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले धादिङ र मन्थलीमा सोरुमको शुभारम्भ गरेको हो।

आइतबार (आज) आयोजित एक कार्यक्रमका बीच दुई स्थानमा सोरुम शुभारम्भ गरिएको कम्पनीले जनाएको छ।

धादिङमा अवस्थित टोनिया ट्रेडिङ एन्ड कन्सर्नले मोटरहेड सोरुमको रुपमा कार्य प्रारम्भ गरेको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सोरुम शुभारम्भ कार्य सम्पन्न भयो ।

त्यसैगरी रामेछापको मन्थलीमा मोटरहेडको आधिकारिक सोरुमको रुपमा नु.बि. ट्रेडर्सको शुभारम्भ भएको छ ।

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे लगायतले सोरुम शुभारम्भ गरेका हुन् ।

धादिङ र मन्थली दुवै स्थानमा भएको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, वर्कसप तथा रिकन्डिसन व्यवसायी, सञ्चारकर्मी, बैंक एवं वित्तीय संस्थाका प्रतिनिधि र अन्यको समेत सहभागिता रहेको कम्पनीको भनाइ छ ।

यी दुवै स्थान पहाडी भू–भागमा पर्ने भएकाले मोटरहेडका डर्ट र अन्य सेगमेन्टमा मोटरसाइकलहरुको राम्रो बिक्री हुने अपेक्षा गरिएको एसएलआर टेक्नो एन्ड ट्रेडका जनरल म्यानेजर उज्वल जोशीले कार्यक्रममा बताएका छन् ।

सोरुम शुभारम्भको अवसरमा सहभागीहरुलाई गिफ्ट ह्याम्पर प्रदान गरिनुका साथै प्रत्येक मोटरसाइकल खरिदमा ३ दिनका लागि आकर्षक अफर प्रदान गरिने बताइएको छ । यस अनुसार एक्सचेन्ज गर्ने ग्राहकका लागि पुरानो मोटरसाइकल वा स्कुटरमा थप १५ हजार सम्म मूल्यांकन गरिने छ भने नगद खरिदमा १० हजार रुपैयाँ छुट प्रदान गरिने छ । त्यसैगरी फाइनान्समा खरिद गर्दा ५ हजार रुपैयाँ छुट प्रदान गरिने छ ।

पहाडी र तराई जस्ता सबै क्षेत्रका लागि उपयुक्त हुने मोटरहेडका डर्ट, क्रसओभर र स्क्र्याम्बलर गरी सबै भर्सनका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन् । त्यस्तै पावर, पर्फमेन्स र भ्यालु फर मनीका लागि मोटरहेड मोटरसाइकल लोकप्रिय मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?