७ चैत्र २०७९, मंगलवार

राप्रपालाई यसरी फकाउँदै देउवा

२०७४,आश्विन,२३,सोमवार ०१:४५

0
Shares

काठमाडौं, २३ असोज- प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनलाई मजबुत गराउने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा आउन आग्रह गरेका छन् । थापासँग आइतबार अपराह्न भएको भेटमा देउवाले यस्तो गरेका हुन् ।प्रधानमन्त्रीले सरकारमा सहभागी हुन गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै थापाले सोमबार बिहान पार्टी कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । उक्त बैठकले सरकारमा जाने निर्णय गरेमा थापालाई महत्वपूर्ण मन्त्रालय दिएर सरकार पुनर्गठन हुने स्रोतको दाबी छ, अन्नपूर्ण पोस्टमा खबर छ ।राप्रपा उच्च स्रोतका अनुसार माओवादी मन्त्रीलाई हटाउन देउवाले सरकार विस्तार नभएर पुनर्गठन गर्ने भएका छन् । पुनर्गठित सरकारका थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने प्रवल सम्भावना छ । थापाले देउवासँग गृहसहित पाँचवटा मन्त्रालयको जिम्मेवारी मागेका छन् । राप्रपाका नेता एवं सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले सोमबार बिहान बस्ने पार्टी कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीबाट सरकारमा सहभागी हुन गरेको आग्रहसहितको प्रस्तावमा निर्णय हुन सक्ने बताए । ‘प्रधानमन्त्रीले सरकारमा सहभागी माओवादीलाई फिर्ता गराउँदै सरकार पुनर्गठन गर्दै छन् । आफूहरूले पाएको सूचनाअनुसार सरकार विस्तार होइन, पुनर्गठन हुन सक्छ’, उनले भने ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०१:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६