नेपालमा कोरोना : ३३ जनाको मृत्यु, सक्रिय संक्रमित संख्या ३९ हजार बढी

लोकपथ
286
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको कुल १२ हजार १ सय ६ परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएका हुन् । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार २ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप ३३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २ सय ९२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट कुल १ हजार ८ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?