नेपाली टेलिभिजनमा पहिलो पटक डिसहोमले ‘ला लिगा’ प्रसारण गर्दै, सिजन टिकट किनेर हेर्न सकिने

लोकपथ
329
Shares

काठमाडौं । ‘ला लिगा’ फुटबल लिग सिजन २०२१–२२ नेपाली टेलिभिजनको इतिहासमा नै पहिलो पटक डिसहोमले प्रसारण गर्ने भएको छ । स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रूपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पे–टीभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिसहोमले प्राप्त गरेको छ ।

हाल डिसहोममा खेल च्यानलको रूपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भइरहेकोमा ला लिगाको खेलहरू भने एक्सन स्पोर्टस एचडी २ मा प्रसारण हुनेछ । डिसहोमका ग्राहकहरूले दुई हजारको सिजन टिकट किनेर एक्सन स्पोर्टस एचडी २ मा लिग अवधिभर सञ्चालन हुने खेलहरू हेर्न सक्नेछन् । डिसहोमका मल्टि टीभीका ग्राहकहरूले अतिरिक्त सेट टप बक्समा पनि एक्सन स्पोर्टस एचडी २ हेर्नका लागि थप दुई हजारको सिजन टिकट खरिद गर्नुपर्ने हुन्छ ।

डिसहोमको ग्राहकहरूले ला लिगाको सिजन टिकट खरिद गर्न तथा थप जानकारीका लागि नमस्ते प्रयोगकर्ताहरूले टोल फ्रि नम्बर १६०६० ०१ २२००० र एनसेल तथा अन्य नेटवर्क प्रयोगकर्ताहरूले ९८०११५५००० वा ०१ ४२१७६६६ मा आजैदेखि सम्पर्क गर्न सक्नेछन् । हाल डिसहोमको ग्राहकलाई उपलब्ध रहेको ला लिगाको सिजन टिकट छिटै सिम टिभी, प्रभु टिभी र डिसहोमको ओटीटी (डिसहोम गो)मार्फत पनि उपलब्ध हुनेछ ।

बार्सिलोना, रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड, भ्यालेन्सीयाजस्ता संसारकै उत्कृष्ट क्लबहरू खेल्ने र सबैभन्दा लोकप्रिय पेसागत फुटबल लिगमध्येको एक ला लिगाको चर्चा तथा लोकप्रियता नेपालमा पनि रामै्र रहेको छ ।

नेपालको पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टसले यसअघि पनि फिफा वल्र्डकप २०१८, युरो २०२० र कोपा अमेरिका २०२१ जस्ता लोकप्रिय तथा विश्वस्तरीय प्रतियोगीताहरू सफलतापूर्वक प्रशारण गरिसकेको छ । नेपाली टेलिभिजनका दर्शक तथा फुटबलप्रेमीहरूले उत्कृष्ट प्रतियोगिताको मनोरञ्जन लिन सक्ने अपेक्षा डिसहोमले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?