अफगानिस्तानका राष्ट्रपतिले बोलाए आपतकालीन बैठक

लोकपथ
63
Shares

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुल शहरमा विद्रोही तालीबानी लडाकूहरु प्रवेश गर्न थालेपछि राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् । उनले नेटोका अधिकारीहरुसँग वार्ता थालेका छन् ।

राष्ट्रपति घानीले शनिबार एक वक्तव्यमा देश गम्भीर संकटमा परेको बताएका थिए । अफगानिस्तानको सुरक्षा मजबुद बनाउनका लागि सेनालाई संगठित बनाइने राष्ट्रपति घानीले बताएका थिए ।

आइतबार बिहानैदेखि तालीबानीहरु काबुलमा घुस्न थालेपछि त्यहाँको संकट थप गहिरिएको छ । तालीवानीहरुले काबुल बाहेकका शहरहरु कब्जामा लिइसकेका छन् । उनीहरु तीव्र गतिमा काबुलतर्फ बढिरहेका छन् । प्रमुख शहर जलालाबादका सरकारी अधिकारीहरुले कुनै प्रतिवादविनै तालिवानीसँग आत्मसमर्पण गरेपछि उत्साहित देखिएका तालिवानीहरु काबुलतर्फ अघि बढेका हुन् ।

यसैबीच अमेरिकाले आफ्ना ५ हजार सैनिकहरुलाई अफगानिस्तान पठाएर आफ्ना नागरिकहरुको उद्धार सुरु गरेको छ । काबुलबाट उसले आफ्नो दूतावासका कर्मचारीहरुलाई तीव्र रुपमा बाहिर निकालिरहेको छ । शहरका कैंयौं इलाकाहरूमा तालिबानी झण्डा फहराइएका छन् । केही स्थानमा गोली चलेका आवाजहरू आइरहेका छन् ।

तालिवानी नेताहरुले शान्ति पूर्णरुपमा सत्ता हस्तान्तरण गर्न घानी सरकारलाई आग्रह गरेको छ । उसले नागरिकहरुलाई देश छाडेर नजान आग्रहसमेत गरेको छ। -बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?