काठमाडौं । अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कार्यरत नेपाली नागरिकहरुको अवस्थाबारे अध्ययन गर्न सरकारले संयन्त्र बनाएको छ ।
आइतबार बिहान मात्र मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको हो ।
उक्त संयन्त्रमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि रहेका छन् । यो संयन्त्रले पनि अनौपचारिक क्षेत्रमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्ने परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले जानकारी दिए ।
त्यस्तै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव पौडेलले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताए ।
औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको सचिव पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया