काडमाडौं । यज्ञ विक र शान्तीश्री परियारको स्वरमा ‘लाजले छाेपेकाे’ (हेर्ने हो र देखाइदिम) बोलको गीत विवादमा तानिएको छ । गीतको प्रयोग भएको शब्द दुईअर्थी भएकाले गीत विवादमा तानिएको हो ।
गीतमा गायिकाले ‘हेर्ने हो र देखाइदिम ?’ भन्ने शब्द दोहो¥याई तेहे¥याई प्रयोग गरेकी छिन् भने गायकले ‘के’ भनेर प्रतिप्रश्न गरेका छन् । झट्ट सुन्दा नि गलत अर्थझैँ लाग्ने यो शब्दलाई लिएर सामाजिक संजालमा समेत व्यापक प्रश्न उठेको छ ।
विगतमा पनि विभिन्न विवाद आउँदा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक–गायिकाहरुलाई द्विअर्थी शब्द प्रयोग गरेर गीत नगाउन आग्रह पनि गर्दै आएको छ । तर, युट्युबमा दर्शक तानेर पैसा कमाउने लोभमा कलाकारहरुले प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै आएका छन् ।
उक्त गीतमा राजु सुनामको शब्द तथा संगीत छ । मौसम हिमालको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइरालाको अभिनय छ । भिडियोमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ ।
यी र यस्तै शब्दको प्रयोगले बेला–बेलामा नेपाली गीत संगीत विवादमा आउने गर्छन् । गतिलो नियामक निकाय नहुँदा कतिपय गीतमा सामाजिक रुपमा अपाच्य शब्द र थमनेलको प्रयोग हुँदै आएका छन् । केही दिनअघि भने पनि यस्तै शब्द प्रयोग गर्दा दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले कारबाही गरेको थियो ।
भिडियाे हेर्नुहाेस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया