कांग्रेस महाधिवेशन : वरिष्ठ नेता पौडेलले बोलाए आफूनिकट नेताहरुको बैठक

लोकपथ
117
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकटका नेताहरुको बैठक बोलाएका छन् ।

पार्टीको आगामी १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै वरिष्ठ नेता पौडेलले आफू निकटका नेताहरुको बैठक बोलाएका हुन् ।

आजको बैठकमा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ । साथै बैठकले अब छिटो भन्दा छिटो जिल्ला अधिवेशनका लागि जानुपर्ने भएको भन्दै सो विषयमा छलफलका लागि बैठक आह्वान गरिएको हो ।

दिउँसो साढे २ बजेका लागि पौडेल निवास बोहोराटारमा बैठक बोलाइएको हो । यद्यपी नेताहरु जानेक्रम जारी रहेकाले औपचारिक बैठक अझै सुरु नभएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?