काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अफगानिस्तानमा अलपत्र परेका नेपालीहरुको जीवनरक्षाका लागि सरकारसमक्ष माग गरेका छन् ।
नेता भट्टराईले आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सुरक्षा संकटमा परेका हजारौं नेपाली कामदारलाई तुरुन्तै स्वदेश फर्काउन माग गरेका हुन् ।
नेता भट्टराईले आइतबार सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन्, ‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउँमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुँदैनथ्यो।गइसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्!।’
अन्य विभिन्न मुलुकले त्यहाँ फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने काम गरिरहेका छन्। अफगानिस्तानको राजधानी काबुल बाहेक प्रमुख सहर तालिबान लडाकुहरूले आफ्नो नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया