काठमाडाैं । अभिनेत्री ऋचा शर्माले लोकप्रिय शो ‘कमेडी च्याम्पियन २’ को कुर्सी छाड्ने भएकी छिन् । आफू आमा बन्ने मिति नजिकिएपछि उनले शो छाड्न लागेकी हुन् ।
ऋचा आफैँले शनिबार प्रशारण भएको शोमार्फत आफू अब निर्णायकको रुपमा नरहने बताएकी छिन् । आउँदो साता मात्र ऋचा शोमा उपस्थित हुनेछिन् । ऋचा सेप्टेम्बर महिनामा आमा बन्दै छिन् । ऋचा आमा बन्ने मिति नजिकिएपछि उनले शो छाड्न लागेकी हुन् ।
नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ मा ४ जना निर्णायक छन् । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई पहिलो सिजनबाट नै यो शोको निर्णायकको रुपमा छन् । ‘कमेडी च्याम्पियन २’ अन्तिम ५ मा पुगिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया