काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु सालकको खपटा ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
सीआईबीद्वारा खटिएको प्रहरीको टोलीले राजधानीको बालाजुबाट मकवानपुर बकैयाँ गाउँपालिका निवासी कान्छालाल मोक्तान र धनबहादुर योञ्जनलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा अवैध रूपमा ओसारपसार गरिरहेको डेढ किलोग्राम सालकको खपटासहित काठमाडौंबाट उनीहरुलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता श्याम महतोले जानकारी दिए ।
पक्राउ परेका दुबै जनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको सीआईबीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया