काठमाडौं । इरानमा कोरोना भाइरसले हरेक दुई मिनेटमा एक जनाको मृत्यु भइरहेको छ । इरानका स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ एकैदिन भेटिने नयाँ बिरामीको आँकडा समेत ४० हजार पार भएको छ।
साथै एकैदिन ६ सय जनाको रेकर्डस्तरको मृत्यु भइरहेको छ । एक रिपोर्टमा दाबी गरिएअनुसार ८.३० करोड जनसंख्या भएको इरानमा कोरोनाका कारण हरेक दुई मिनेटमा एकजनाको मृत्यु भइरहेको छ ।
त्यस्तै कोरोना बिरामीले देशका सबै अस्पताल भरिएका छन् । इरानी सञ्चारमाध्यमका अनुसार अस्पतालमा अक्सिजनको कमी भएको छ । त्यस्तै अस्पतालका भुइँ र पार्किङमा बिरामीको उपचार गर्नुपरेको छ ।
त्यसैगरी अस्पतालमा बेड नपाउँदा अस्पतालबाहिर निजी सवारी साधन राखेर परिवारले आफ्ना बिरामीको उपचार गराइरहेका छन् ।
अस्पतालमा डाक्टर, नर्स र अन्य मेडिकल स्टाफ हालसम्मको सबैभन्दा खराब स्थितिसँग जुधिरहेका छन् । देशमा कोरोनाको डेल्टा भेरियन्टका कारण बिरामी तीब्र रुपमा बढिरहेका छन् । जसकारण इरानमा एक हप्ताको लकडाउन समेत लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया