पाकिस्तानमा मिनी ट्रकमा हमला, एकै परिवारका १२ जनाको मृत्यु

लोकपथ
693
Shares

काठमाडौं । पाकिस्तानमा एक मिनी ट्रकमा भएको यो ग्रेनेड हमलामा एकै परिवारका १२ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको कराँची शहरको बाहिरी इलाकामा भएको एक ग्रेनेड हमलामा १२ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएको बताइएको छ ।

घटनामा ६ महिला, चार बालबालिका र अन्य दुई जनाको मृत्यु भएको सञ्चार माध्यममा जनाइएको छ । त्यसैगरी उक्त महलामा परी ९ जना घाइते भएका छन् ।

कराँची प्रहरीले दिएको जानकारी अनुसार बलदिया इलाकामा भएको यो घटनामा सुरुमा सिलिन्डर बिस्फोट भएको थियो । त्यसैगरी मआतंकवाद विरोधी दस्ताका एक अधिकारी रजा उमर खत्ताबले सिलिन्डर बिस्फोट भएको सम्भावना नदेखिएको बताउँदै ग्रेनेड बिस्फोट भएको प्रमाण भेटिएको जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा एउटा बम भेटिएको र हमलामा प्रयोग गरिने केही अन्य सामान पनि भेटिएको छ ।

प्रहरीका अनुसार बिस्फोट स्थानीय स्तरमा बनाइएको बममार्फत् गरिएको थियो र ट्रकमा छर्रा र नट बोल्टका थुप्रै निशान पनि पाइएका छन् ।

यो परिवार एक विवाह समारोहमा समावेश भएपछि फर्किरहेका उनीहरुमाथि हमला भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?