आजै केन्द्रीय कमिटी बैठक सम्पन्न गर्ने माओवादी केन्द्रको तयारी

लोकपथ
130
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्नेगरी अघि बढ्ने निर्णय गरेको छ ।

आईतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्नेगरी अघि बढ्ने निर्णय गरेको हो । बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरुलाई भोलि बस्ने स्थायी कमिटीको बैठकले व्याख्या र निस्कर्ष निकाल्ने बताए ।

उनले भने, ‘आज बसेको स्थायी समितिको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्नेगरी अगाडि बढ्ने कोसिस गर्ने समझदारी बनाएका छौँ, आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरु आउनेछन्, त्यसपछि त्यसको व्याख्यार निस्कर्षको लागि स्थायी कमिटीको बैठक भोलि बस्नेछ ।’

आजको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?