काठमाडौं । सन २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि हमला भएको एक महिनापछि अमेरिकाले पनि अफगानिस्तानमा हवाई हमला सुरु गर्यो।
तर तालिबानले अमेरिकामाथि हमला गर्ने ओसामा बिन लादेन अमेरिकालाई सुम्पिन अस्वीकार गर्यो।
त्यसपछि अमेरिकासँग अन्तर्राष्ट्रिय गठबन्धन जोडिन पुग्यो र तालिबान तत्कालै सत्ताबाट हट्यो।
यद्यपि, उक्त समूह विद्रोही फौजमा परिणत भयो र घातक हमलाहरू निरन्तर जारी राख्दै अफगान सरकारलाई अस्थिर बनायो।
अन्तर्राष्ट्रिय गठबन्धनले सन २०१४ मा आफ्नो सैन्य मिसन अन्त्य गर्यो र अफगान फौजलाई तालिम दिनमा मात्रै आफूलाई सिमित राख्यो। तर अमेरिका भने एक्लैले हवाई हमलालगायत युद्ध कारबाही चलाएर निरन्तर सक्रिय रह्यो। तालिबानले पनि आफ्नो गतिविधि कायमै राख्यो।
सन २०१८ मा तालिबान अफगानिस्तानभरि ७० प्रतिशत क्षेत्रमा सक्रिय रहेको तथ्य पत्ता लागेको थियो ।
सन २०११ मा भएको आक्रमणपछि अन्तर्राष्ट्रिय गठबन्धनका करिब ३,५०० सदस्यहरूको अफगानिस्तानमा मृत्यु भयो जसमध्ये करिब २,३०० अमेरिकी थिए।
मारिएका अफगान नागरिक, लडाकु र सरकारी फौजको सङ्ख्या भने यकिन गर्न कठिन छ।
सन् २०१९ को फेब्रुअरीमा निस्किएको प्रतिवेदनअनुसार संयुक्त राष्ट्रसङ्घले ३२,००० भन्दा बढी सर्वसाधारण मारिएको जनाएको थियो।
ब्राउन यूनिभर्सिटीको वाट्सन इन्स्टिट्यूटले ५८,००० सुरक्षा फौज र ४२,००० विद्रोही लडाकुहरूको ज्यान गएको जनाएको थियो।
हाल अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुलतर्फ तीव्र गतिमा अगाडि बढ्दै गर्दा त्यहाँ तनाव चुलिँदो छ।
लडाकुहरूले पूर्वी सहर जलालाबादमाथि आइतवार बिहानै नियन्त्रण कायम गरेका छन्।
योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ।
अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार(ए(शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया