माओवादी केन्द्रीय कमिटी बैठक : राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल हुने

लोकपथ
77
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ ।

बिहान ११ बजेदेखि बस्नेगरी बैठक बोलाइएको छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

बैठकमा आज अध्यक्ष प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल सुरु हुँदै छ ।

प्रस्तुत प्रस्तावमाथि छलफल गर्नका लागि केन्द्रीय सदस्यहरुको आठ वटा समुह बनाइएको र समूहले छलफल गरी निष्कर्ष बैठकमा राख्ने एक नेताले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । त्यस्तै पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने उनको प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?