काठमाडौं। जर्मन बुन्डेस लिगाको सन् २०२१/२२ सिजनअन्तर्गत आफ्नो पहिलो खेलमा बोरुसिया डर्टमन्डले आइन्टराक्ट फ्रान्कफर्टलाई ५-२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
डर्टमन्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा शनिबार खेलिएको खेलमा घरेलु टोलिका युवा स्टार खेलाडी अर्लिङ हालान्डले शानदार प्रदर्शन गरेका थिए। पहिलो हाफको २३औं मिनेटमा हालान्डको पासमा कप्तान मार्को रुइसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
तर खेलको २७औं मिनेटमा फेलिक्स पासालाकले आत्मघाती गोलले गर्दा फ्रान्कफर्ट खेलमा फर्किएको थियो। यद्यपि खेलको ३२औं मिनेटमा हालान्डकै असिस्टमा थोर्गन हजार्डले गोल गर्दै डर्टमन्डलाई पुनः अग्रता दिलाए। त्यसको दुई मिनेटमै घरेलु टोलीले अर्को गोल थप्यो। यस पटक हालान्ड आँफैले गोल गरे।
पहिलो हाफमा ३-१ गोलले पछाडि परेको फ्रान्कफर्टले दोस्रो हाफमा अर्को दुई गोल खान पुग्यो। खेलको ५८औं मिनेटमा मिडफिल्डर जियोभानी रेना तथा ७०औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दा घरेलु टोलीले फराकिलो अग्रता लिएको थियो।

तर खेलको ८६औं मिनेटमा फ्रान्कफर्टले पेटर हाउगे मार्फत सान्त्वना गोल गर्न सफल भयो। यस जितसँगै गत सिजनको उपविजेता बोरुसिया डर्टमन्डले नयाँ सिजनमा शानदार सुरुवात गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया