कप्तान बेन्जेमाको शानदार प्रदर्शनमा रियल मड्रिडको विजयी शुरुवात

काठमाडौं। स्पेनिश ला-लिगाको सन् २०२१/२२ सिजन अन्तर्गत आफ्नो पहिलो खेलमा रियल मड्रिडले डिपोर्टिभो आलाभेसलाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

प्रशिक्षक कार्लो आन्चेलोटीको पहिलो आधिकारिक खेलमा उनले क्लबका भेट्रान स्ट्राइकर करिम बेन्जेमालाई कप्तानीको जिम्मेवारी दिएका थिए। बेन्जेमासँगै ग्यारेथ बेल र एडेन हजार्ड सहित मैदान प्रवेश गरेको रियलले पहिलो हाफमा भने गोल गर्न सकेको थिएन।

Immediate Reaction: Deportivo Alavés 1-4 Real Madrid - Managing Madrid

आलाभेसले आफ्नो घरेलु मैदानमा रियललाई शुरुवाती ४५ मिनेटमा रोक्न सफल भए पनि दोस्रो हाफको तेस्रो मिनेटमै रियलले अग्रता लिएको थियो। हजार्डको पासमा कप्तान बेन्जेमाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ५६औं मिनेटमा रियलले अग्रता दोब्बर बनायो। मिडफिल्डर लुका मोड्रीचको पासमा रक्षक नाचोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए। त्यसपछि खेलको ६२औं मिनेटमा बेन्जेमाले खेलमा व्यक्तिगत दोस्रो तथा रियलको तेस्रो गोल गर्न सफल भए।

Alavés-Real Madrid: Resumen y resultado del partido - Jornada 1 - LaLiga  Santander 2022 - Eurosport

खेलमा ३-० गोलले पछि परेको घरेलु टोलीले ६५औं मिनेटमा पेनाल्टी प्राप्त गर्यो। सो पेनाल्टीलाई आलाभेसका स्ट्राइकर योसेलुले गोलमा परिणत गरेका थिए। तर खेलको इन्जुरी समयमा रियलले अर्को गोल थप्यो। यस पटक भने रियलका नयाँ खेलाडी डाविड अलाबाको पासमा ब्राजिलियन फरवार्ड भिनिसियस जूनियरले गोल गर्दा रियलले नयाँ सिजनमा शानदार शुरुवात गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?