मेस्सी बिना पनि पीएसजीको शानदार जित

काठमाडौं। फ्रेन्च लिग-१ को सन् २०२१/२२ सिजन अन्तर्गत गए राती खेलिएको खेलमा दावेदार टोली पीएसजीले स्ट्रासवर्गलाई ४-२ गोलले पराजित गरेको छ।

पीएसजीको घरेलु मैदान, पार्क डेस प्रिन्सेसमा खेलिएको खेलमा घरेलु टोलीका नयाँ खेलाडी लियोनल मेस्सी, सर्जियो रामोस र जियानलुइगी डोनारुम्मा मैदानमा उपस्थित थिएनन्। त्यस्तै पीएसजीका अर्का स्टार खेलाडी नेयमार पनि खेलमा सम्मिलित थिएनन्।

Player ratings as PSG earn 4-2 win over Strasbourg

यद्यपि पीएसजीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिन सफल भएको थियो। स्ट्राइकर माउरो इकार्डीको गोलमा अग्रता लिएको घरेलु टोलीले खेलको २५औं मिनेटमा युवा स्टार खेलाडी किलियन एमबाप्पेको गोल मार्फत अग्रता दोब्बर बनाएको थियो।

त्यसको दुई मिनेट पश्चात् पीएसजीले खेलमा तेस्रो गोल थप्यो। यस पटक भने मिडफिल्डर जुलियन ड्राक्सलरको गोलले घरेलु टोलीको अग्रता बलियो बनाएको हो। पहिलो हाफमा ३-० गोलले पछि परेको स्ट्रासवर्गले दोस्रो हाफमा भने दुई गोल फर्कायो। खेलको ५३औं मिनेटमा पाहुना टोलीका स्ट्राइकर केविन गामेरो तथा ६४औं मिनेटमा लुडोविच अजोर्कुले गोल गर्दा पाहुना टोली खेलमा फर्किएको थियो।

PSG 4-2 Strasbourg: Results and Player Ratings – Ligue 1 2021/22 - Ruetir

तर खेलको ८६औं मिनेटमा पीएसजीले चौथो गोल गर्न सफल भयो। एमबाप्पेको पासमा फरवार्ड पाब्लो सराबियाले गोल गर्दा पीएसजीले पुनः अग्रता दोब्बर बनाएको थियो। यस जितसँगै पीएसजीले दुई खेलमा दुई जित निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?