काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको आन्तरिक पार्टी एकताका लागि आफूहरू अन्तिम पर्खाइमा रहेको बताएका छन् ।
एकताका सबै ढोका बन्द भए पार्टीलाई पुनर्गठन गर्ने जिम्मेवारीबाट पछि नहट्ने चेतावनी दिँदै उनले अध्यक्ष केपी शर्मा ओलीबाट एकलौटी रूपले पार्टीका गतिविधि भइरहेकाले आफू लुरुक्क परेर नजाने बताए ।
शनिवार काठमाडौँमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको नेतृत्व घोषणा कार्यक्रममा बोल्दै नेता नेपालले आफूहरू तत्कालै सरकारमा नजानेसमेत स्पष्ट पारे । केही नेताले सरकारमा जाने कुरा गरिरहे पनि मन्त्री ठूलो विषय नभएको र विचार नै महìवपूर्ण र ठूलो कुरा भएको उनले बताए ।
उनले छुट्टै दल भएको भए सरकारमा मन्त्री पठाउन कुनै समस्या नभए पनि अहिले तत्कालै सरकारमा जाने सम्भावना नरहेको स्पष्ट पारे । आफूहरूले मन्त्रिपरिषद् विस्तार गर्न र विभिन्न नियुक्ति गर्न सरकारलाई नरोकेको उनले स्पष्ट पारे ।
अझै पनि आफूहरू एकताको पक्षमा रहेको र अध्यक्ष ओलीको मन परिवर्तन गराउन साथीहरूले अनेकौँ प्रयास गरिरहेको भनाइ पनि नेता नेपालको छ । पार्टीको विधान संशोधन गर्ने भनेपछि पार्टी एकताको कुरा गर्नेहरू पनि छ्याङ्ग भएको टिप्पणी गर्दै नेता नेपालले अध्यक्ष ओली एमालेको विभाजन चाहेको आरोप लगाए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया