हेर्नुहोस् आजको राशिफल

लोकपथ
238
Shares

वि.सं.२०७८ साल साउन ३१ गते । आईतवार । ईश्वी सन् २०२१ अगष्ट १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि–सप्तमी, बिहान ०९ बजेर ३५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– स्वाती, बिहान ०६ बजेर ३२ मिनेट उप्रान्त विशाखा । योग– शुक्ल, बिहान १० बजेर ११ मिनेट उप्रान्त बम्ह । करण– वणिज, बिहान ०९ बजेर ३५ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर २३ मिनेट उप्रान्त बव । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–तुला,बेलुकी ११ बजेर २० मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४० मिनेट । दिनमान ३२ घडी ४४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानी गर्ने अवसर जुर्नेछ । व्यावसायकै शवालमा लामो दुरिको यात्रा हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सत्रुमाथि वीजय गर्न सकिनेछ तथा आट,शाहस,हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछीसम्म आम्दानी भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै विजय भईनेछ । बैक तथा बित्तिय क्षेत्रको लगानी अथवा त्यो सँग सम्वन्धीत कामहरुबाट सन्तुष्टी हुन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि,सहकारी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ भने लामो दुरिको यात्राको तय हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राम्रा तथा परिणामूखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईँको भूमिका महत्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा कुुटुम्ब सँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्ठान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रस्ताव आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरी दिन व्यातित गर्न सक्नेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय मध्ययम रहेकोले व्यापार व्यावसायमा तत्काल लगानि नबढाउनु नै उत्तम हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना सहनु पर्नेछ । घर परिवार तथा आफन्तसँग सैद्धान्तिक राज बाजिनेछ । टेक्निकल सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । शिर सम्वन्धी समस्या देखा पर्ने तथा कन्फिडेन्ट पावरमा कमि हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खर्च बढेपनि उपलव्धी मुलक कामहरु हुनेछन् । लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । पढाइ लेखाइमा ध्यान नदिदा अरुभन्दा पछी परिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन तथा अनुशन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफुलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धि काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिनेछ भने पढाइकै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो पैसाबाट सुरु गरीएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृती तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईँको सहभागिता हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खानपान तथा मौषमको ध्यान दिनहोला समय मध्ययम रहेकोछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अविस्वास हुनेछ । शिक्षा तथा पढाइ लेखाइमा मन नजादा प्रतिस्पर्धीहरुभन्दा पछी परिनेछ । व्यापारमा मन्दी आउनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?