एकिकृत राप्रपाले वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्नेछ : अध्यक्ष राणा

लोकपथ
574
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ५ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष राणाले एकिकृत राप्रपाले वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्ने बताएका हुन् । ‘एकीकृत भएको राप्रपाले समयको माग अनुरुप, हाम्रो सामुन्नेमा जुन मौका आएको छ, त्यो मौका छोपेर वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्नेछ’ उनले भने, ‘ राप्रपाले पार्टी स्थापनाकालको उद्देश्य पूरा गर्नेछ ।’

यसविचमा आन्तरिक विवादका कारण सो उद्देश्य पूरा गर्न नसके पनि एक ढिक्का राप्रपाले अब त्यो उद्देश्य पूरा गर्ने उनले विश्वास व्यक्त गरे । उनले महाधिवेशनको क्रममा सबै तह र तप्काका संगठनहरु निर्माण गर्न सक्रिय भएर लाग्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिए ।

‘पार्टी एकता पछिको महाधिवेशनलाई संगठन निर्माण गर्ने अवसरको रुपमा लिनु पर्दछ । महाधिवेशनको बलमा निर्माण भएको सांगठानिक संरचनाबाट हामीले स्थानीय निकायको निर्वाचनमा सफलता हासिल गर्ने हाँकलाई साकार तुल्याउनु छ’ राणाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?