काठमाडौं । सडकको चोकमा उभिएर सधैं जसो हात हल्लाउँदै, सिटी फुक्दै सवारीसाधन आवतजावतमा सहजिकरण गर्ने ट्राफिकहरु शनिवार फरक भुमिकामा देखिए ।
ट्राफिकका अधिकृत देखि जवानसम्म र स्थानीय युवा युवतीहरुको सहभागीमा कोटेश्वर देखि जडिबुटी चोकसम्म सरसफाइ गरियो । मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियान र महानगरीय ट्राफिक प्रहरी प्रभागको संयुक्त आयोजनामा शनिवार बिहान काठमाडौ महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर चोकदेखि जडिबुटीसम्म सरसफाइ गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर ट्राफिक प्रहरी प्रमुख रामकृष्ण देवकोटाको संयोजकत्वमा मनोहरा सरसफाइ नागरिक अभियान अन्तर्गत उक्त कार्यक्रम गरिएको थियो ।
सो समयमा तपाईंको मास्क खोई? लगायतका जनचेतनामूलक कार्यक्रम पनि गरिएको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया