पोखरा । गण्डकी प्रदेशका दुई मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
वन, वातारण तथा भूसंरक्षणमन्त्री दीपक थापा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढामा कोरोना संक्रमण भएको हो ।
मन्त्री थापालाई रुघाखोकी र अर्का मन्त्री बुढालाई ज्वरोसहित रुघाखोकी देखिएपछि दुवैले कोभिड परीक्षण गराएका थिए । परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया