काठमाडौं । बैंक र विभिन्न व्यक्तिबाट करिब दुई करोड रुपैयाँ ठगी गरेर पोर्चुगल पुगेका एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरी इन्टरपोलको सहयोगमा नेपाल ल्याएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ घर भई हाल भुम्लु गाउँपालिका १ बस्ने केदार ढुङ्गानालाई पक्राउ गरी प्रहरीले इन्टरपोलको सहयोगमा नेपाल ल्याएको हो ।
डीएसपी निशान्त श्रीवास्तव नेतृत्वको इन्टरपोलको टोलीले पोर्चुगल पुगेर ठगी गर्ने ढुङ्गानालाई पक्राउ गरी आज नेपाल ल्याएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ढुंगाना समूहकै ठगी प्रकरणमा २०७५ सालमा भुम्लुकै नारायण श्रेष्ठ, नवीन श्रेष्ठ, काभ्रेकै कृष्णबहादुर खत्री, काठमाडौँका नरेशमान सिंह, सरिनशंकर श्रेष्ठलाई पक्राउ गरेको थियो ।
ढुङ्गानाले तत्कालीन इनडिइपी डेभलपमेन्ट बैंक र विभिन्न व्यक्तिबाट गरी करिब दुई करोड रुपैयाँ ठगी गरेको सीआईबीले जनाएको छ । यो गिरोहका सबै सदस्य त्यसबेला पक्राउ परे पनि मुख्य योजनाकार ढुंगाना फरार रहदै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया