गुल्मीमा ४ वर्षीया बालिका बलात्कार गर्ने काका पक्राउ

लोकपथ
98
Shares

गुल्मी । गुल्मीमा ४ वर्षीया बालिका बलात्कार गर्ने काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुष रहेका छन् ।

भतिजी नाता पर्ने ४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले बताए ।

उनका अनुसार भुर्तुङ्ग प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरी शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याएको छ ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?