मनकारी म्युजिक भिडियो क्विन गरिमा

बाग्लुङको बेनीमा जन्मिएर चितवनमा हुर्किएकी गरिमा शर्मा नेपाली ग्ल्यामरको क्षेत्रमा आशालाग्दी युवतीको रूपमा देखापरेकी छिन् । ५० वटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी १९ बर्षिया गरिमाको टिकटकमा आफ्नै संसार रहेको छ । पछिल्लो पटक उनलाई धेरैले म्युजिक भिडियो क्विनको उपमा दिन थालेका छन् भने टिकटकमा उनका ५ लाख त फलोअर्स मात्र रहेका छन् ।

स्कुलले उमेरमै उनी नाटक खेल्ने, नाच्न र गीत गाउन भनेपछि सधैँ अगाडी सर्थिन् । त्यसकै कारण उनलाई अभिनयको क्षेत्रमा केही गर्ने हुटहुटी बाल्यकाल देखि नै जागेको थियो । स्कुल लेभलको पढाई सकेपछि उनले मिस एसइइसी ब्युटी प्याजेन्टमा सहभागी भइन् । यो सौन्दर्य प्रतियोगितामा उनले मिस पर्सनालिटिको अवार्ड जितेपछि उनको करिअरले नयाँ मोड लियो ।

सानोमा चलचित्र हेरेर त्यस्तै अभिनय गर्न खोज्ने गरिमाको अभिनयको डेब्यु भने म्युजिक भिडियोबाटै भयो । त्यसैले उनले आहिले आफूलाई म्युजिक भिडियोमै केन्द्रित गर्न थालिन् । सामाजिक क्षेत्रमा पनि आफूलाई सक्रिय बनाउदैं लगेकी गरिमाले विभिन्न समयका आपत् विपद्को बेलामा सहयोग गर्दै र सङ्कलन गर्दै आएकी छिन् । कोरोना कहरको बेला खान नपाउने व्यक्तिहरूलाई उनले खानेकुरा वितरण गरिन् भने हालै सिन्धुपाल्चोकमा आएको बाढी पहिरोमा आफूले सके जति राहत पनि वितरण गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?