जुम्ला । जुम्लामा बाढीले बगाएर एकै घरका तीनजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक युवन चौधरीका अनुसार तातोपानी गाउँपालिका–७ का एकै घरका ६० वर्षीय बीर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका १० वर्षीय छोरा सन्देशको मृत्यु भएको हो।
सेतक चिनी कोरेर पाटनबाट घर फर्किने समयमा ताम्तीको घट्टे खोला तर्ने क्रममा बाढीले उनीहरुलाई बगाएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए।
शुक्रवार वडा नम्बर ७ का वडा अध्यक्ष मर्कर रावत र टोप्ला प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरुको शव फेला पारेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया