सहकारीमार्फत गाउँगाउँमा विद्युत् राष्ट्रिय प्रसारण लाइन जडान

RSS
35
Shares

ताप्लेजुङ । ताप्लेजुङमा विद्य्त् सहकारीमार्फत दुर्गम बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ ।

गत आर्थिक वर्षसम्ममा घरधुरीका आधारमा ताप्लेजुङमा ६१.७६ प्रतिशत राष्ट्रिय प्रसारण लाइन पुगेको हो ।

जिल्लाका ९ स्थानीय तहमध्ये ६ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख प्राविधिक हेमन्त चौधरीले बताए ।

मैवाखोला गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगे पनि प्राविधिक कारणले घरमा जडान गर्न केही समय लाग्ने उनले जानकारी दिए ।

मिक्वाखोला गाउँपालिका वडा नम्बर १ र २ खोक्लिङसम्म राष्ट्रिय प्रसारण लाइन पुगेको र गाउँपालिका केन्द्रसम्म पुर्‍याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

फुङ्लिङ नगरपालिकाका ९४ प्रतिशत घरधुरी संख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको बताइएको छ । मेरिङदेन गाउँपालिकामा ६० प्रतिशत, मैवाखोला गाउँपालिका ४८ प्रतिशत र सिदिङवा गाउँपालिकामा २० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको प्राधिकरणले जनाएको छ ।

पाथीभरा याङवरक गाउँपालिकामा ९० प्रतिशत, सिरिजङ्गा गाउँपालिकामा ३० प्रतिशत र मिक्वाखोला गाउँपालिकामा २ प्रतिशत घरघुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको प्राधिकरणको तथ्यांकले जनाएको छ ।

आठराई त्रिवेणी गाउँपालिकामा ९२ प्रतिशत घरघुरी संख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?