अफिमसहित एक जना पक्राउ

RSS
42
Shares

सङ्खुवासभा । सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाईलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको सुवेदीले बताए ।

प्रहरी टोलीले चापागाईको घरमा लुकाएर राखिएको २०४ ग्राम अफिम फेला पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?