काठमाडौं – पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोली लागेर आफ्नै छोराको मृत्यु भएको छ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका – ६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर उका छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो ।
शुक्रबार बेलुकी मकै बारीमा आएको स्याललाई ताकेर गोली हानेका कर्णबहादुरको गोली लागेर मकै बारीमा रहेका धनबहादुरलाई लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गोली चलाउने कर्णबहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।(सांकेतिक फोटो)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया