रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका – ६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।
माडी गाउँपालिकाका – २ मा शनिवार बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।
भैरहवाबाट कोर्चाबाङ शव पुर्याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी – २ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा १ जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया