प्रदीप ज्ञवाली भन्छन् – ‘पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको छ’

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन् ।

प्रेस चौतारी बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता ज्ञवालीले संस्थापन पक्ष पार्टी एकताका लागि अधिकतम लचकताका साथ प्रस्तुत भइरहेको बताएका हुन् ।

उनले पार्टी एकतामा ओली र नेपालबीच समान हैसियतको अध्यक्ष र हस्ताक्षरमा कुरा अड्किएको पनि बताए ।

उनले असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?