कामु प्रधानसेनापति शर्मा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

लोकपथ
126
Shares

काठमाडौं । कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरुबीच भएको भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनीहरुबीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई सुमधुर र प्रगाढ तुुल्याउन थप योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?