हेर्नुहोस् आजको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
126
Shares

१. १८ हजार ५८२ जनाको परीक्षणमा थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ११८ जना संक्रमणमुक्त, २७ जनाको मृत्यु ।

२. शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिना बित्यो, मन्त्रीपरिषद् विस्तार गर्नै सकेनन्, कसलाई मन्त्री बनाउने भनेर गठबन्धमा अझै किचलो ।

३. खोपकेन्द्र आउन नसक्ने नागरिकलाई घरमै गएर खोप दिन सर्वोच्च अदालतद्वारा सरकारलाई आदेश, जेष्ठ नागरिक खोप लगाउन लाइनमा बस्न थालेपछि सरकारको चर्को आलोचना ।

४. पर्याप्त परीक्षण नहुँदा नेपालमा कोरोनाको जोखिम झनै बढ्यो, प्रत्येक ४ मध्ये १ जनामा संक्रमण पुष्टि, तेस्रो लहरको सन्निकटमा हुनुपर्ने तयारी नपुगेको भन्दै विज्ञको चिन्ता ।

५. देशभर आइसोलेसन र अस्पताल तयारी अवस्थामा राख्न सीडीओहरुलाई गृह मन्त्रालयको निर्देशन, आइसोलेसन सेन्टर, अस्पतालहरु र मेडिकल कलेजहरु सूचीकृत गर्न आग्रह ।

६. ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने नामको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चर्को आलोचना खेपेका देउवाको प्रस्टीकरण, पक्षविपक्षमा केन्द्रीय स्तरका नेताहरुको चर्काचर्कीपछि भने, ‘अब आउँदैन, तपाईंहरु ढुक्क हुनुस्’

७. प्रतिनिधिसभामा सांसदले उठाए पूर्वगोरखा सैनिकको अनशनदेखि एमसीसी खारेजसम्मका विषय, ओलीप्रति लक्षित मात्रिका यादवको मेन्टल्ली फिजिक्लली अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ ।

८. पारामेडिकल विषयको प्रवेश परीक्षा पुन सञ्चालन गर्न पाँच विद्यार्थी संगठनको माग, सिट संख्याभन्दा थोरै विद्यार्थी उत्तिर्ण भएको भन्दै जनशक्ति उत्पादनमा गम्भीर असर पर्नेतर्फ ध्यानाकर्षण ।

९. सरकारले १२ देखि १७ वर्षका बालबालिका तथा किशोर किशोरीका लागि मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता गर्यो, २०२२ मार्चसम्म आउने ।

१०. आफन्तको बिदाइका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्न रोक, कोरोनाको महामारी बढ्नेक्रममा रहेकाले यात्रुबाहेक अन्यलाई विमानस्थल प्रवेशनिषेध ।

११. कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसायको शीघ्र पुनरुत्थानको लागि कार्यान्वयनमा ल्याइएको पुनर्कर्जाको विद्यमान व्यवस्थालाई मौद्रिक नीतिमा निरन्तरता, अधिकतम सीमा नघट्ने गरी पुनर्कर्जा सुविधा उपलब्ध हुने व्यवस्था ।

१२. भारतको मुम्बईमा कोरोना भाइरसको डेल्टा प्लस भेरियन्टबाट खोपको दुवै मात्रा लिइसकेकी ६३ वर्षकी महिलाको मृत्यु, महाराष्ट्रमा डेल्टा प्लस भेरियन्टका ६५ बिरामी फेला ।

१३. अत्याधिक वर्षापछि चीनको हुबईका पाँच सहरमा रेड अलर्ट जारी, २१ जनाको मृत्यु, ६ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो ।

१४. जर्मनीमा कोभिड खोप भनेर एक नर्सले ८ हजार जनालाई नुनपानी लगाइदिएको खुलासा, खोपको बोतल फुटाएपछि ६ जनालाई स्लाइन दिएको नर्सद्वारा स्वीकार ।

१५. एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङ र नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीसहित सबैको बयान पूरा, छानबिन समितिले एक साताभित्र राखेपलाई प्रतिवेदन बुझाउने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?