कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा (नामसहित)

लोकपथ
392
Shares

काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामा दिएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामा दिएका हुन् ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतह महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

ती आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक दिएको राजीनालाई भने सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्। कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारदेखि सभापति शेरबहादुर देउवा निवास बुढानिकलण्ठमा जारी छ ।

यी हुन् सामूहिक रुपमा राजीनामा दिएका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरु

ध्रुव वाग्ले (तनहुँ)
मोहनसिंह राठौर (कैलाली)
शम्भुलाल श्रेष्ठ (सर्लाही)
अभिषेख प्रताप शाह (कपिलवस्तु)
दयाराम पाण्डे (लम्जुङ)
जनकराज कलौनी (डडेल्धुरा)
भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)
दिलीप राई
आशाराम चौधरी
राजेन्द्रबहादुर सिंह
नन्दनकुमार दत्त (सुनसरी)
कुमार खड्का (कास्की)
बालकृष्ण पाण्डेय (नेजस भारत)
आनन्द (गोरख) विष्ट (नेजस अमेरिका)
नरेन्द्रकुमार चौधरी (सुनसरी)
हसन अन्सारी (मोरङ)
किरणराज शर्मा पौडेल (बाग्लुङ)
रमा कोइराला पौडेल (सुनसरी)
कृष्णकिशोर घिमिरे (दाङ)
गोपालकुमार बस्नेत (झापा)
सुधीरकुमार शिवाकोटी (झापा)
मनोहरनारायण श्रेष्ठ (धनकुटा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?