७ चैत्र २०७९, मंगलवार

धाराबाट सर्प निस्किएपछि उपभोक्ता त्रासमा

२०७४,आश्विन,२३,सोमवार ०१:२४

0
Shares

जुम्ला, २३ असोज- खानेपानीको धाराबाट सर्प र भ्यागुता निस्किन थालेपछि खलंगावासी त्रसित भएका छन् । चन्दननाथ नगरपालिका-२ की आश्मा माझी शनिबार बिहान पानी भर्न धारा गइन् । बिहान ८ बजेतिर बाल्टी लिएर जाँदा धाराबाट सर्प निस्केपछि उनको सातो नै गयो । ‘घरमा पानी थिएन, बाल्टी लिएर धारामा पानी भर्न गएकी थिएँ’, उनले भनिन्, ‘तर, पानी आउने धाराबाट एक्कासि दुई मिटर लामो सर्प निस्केपछि मेरो त सातो नै गयो, हतपत दौडेर घरमा आएँ र सबैलाई जानकारी गराएँ ।’माझीले सर्प आएको कुरा सबैलाई थाहा दिएपछि वरपरका सबैले पानी भर्न सकेनन् । धाराबाट निस्केको सर्प विषालु भएको हुन सक्ने भन्दै खोलीकोटका अधिकांशले शनिबार बिहान पानी नै भरेनन् । केही समयअघि पनि सोही धाराबाट भ्यागुता निस्किएको माझीले सुनाइन्, अन्नपूर्णले खबर छापेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०१:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६
पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८