काठमाडौं । सर्वोच्च अदालतले वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई घरमै गएर कोरोनाविरुद्धको खोप लगाउन आदेश दिएको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले शुक्रबार उनीहरु केन्द्रसम्म आउन नसक्ने भएकाले घरमै गएर खोप लगाइदिन सरकारलाई आदेश दिएको हो ।
अधिवक्ता प्रवेश केसीले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश ढुंगानाको इजलासले यस्तो आदेश दिएको हो। संविधानमा नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनी संरक्षण प्रदान गरेको र धारा ४१ ले जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने भनी मौलिक हकको प्रचलनको लागि संवैधानिक उपचारको हकसमेत सुरक्षित गरेको पनि आदेशमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया