ब्याजदर करिडोर पुनः कार्यान्वयनमा आउने

लोकपथ
56
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई पुनः कार्यान्वयनमा ल्याउने भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

तरलतालाई स्थिरता राख्न ब्याजदर करिडोरको व्यवस्था गरिएको थियो । पछि सरकारी ऋणपत्रमा बढी ब्याजदर भएको भन्दै तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले यसलाई हटाउन लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?